१६ चैत्र २०८० शुक्रबार
समाज

बेनी–जोमसोम सडकखण्डमा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

फाइल तस्बिर

मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका  स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन्।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन्। हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार गर्न नसक्दा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ।  

बाढीले दैनिकजसो बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमा अलपत्र पर्ने गरेका स्थानीय टेकसरा पुनले बताए। विसं २०७३ भदौ १६ गते रातिको बाढीले बेगखोलाको बस्तीसँगै झोलुङ्गे पुल र बेलिब्रीज बगाएको थियो। त्यसयता अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका यात्रु कृष्ण शर्माले बताए।  

पैदलयात्राका लागि हालै सामान्य काठे पुल स्थानीयवासीले बनाएका छन्। तर सवारी साधनलाई अन्य कुनै विकल्प नहुँदा अझैसम्म जोखिम मोलेरै खोला वारपार गराउने गरेको यातायात व्यवसायी सागर पुर्जाले दुःखेसो व्यक्त गरे। 

प्रकाशित: २८ असार २०७९ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App