१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कभर्ड हलमा लागेकाे आगाे आधाघन्टाभित्र नियन्त्रण

आगलागीपछि नियन्त्रणको प्रयास गर्दै। तस्बिर: धन/नागरिक

देशकै ठूलो बहुउद्देश्यीय कभर्ड हलमा विजुली सर्ट हुदाँ आगलागी भएको छ। आगलागीबाट ठूलो क्षति हुन पाएन। बेलैमा बारुणयन्त्र(दमकल)को सहयोगमा आगो नियन्त्रणमा लिइयो।

पोखरा रंगशालास्थित कभर्ड हलमा महिला तथा पुरुष सिक्स ए साईड हक्की प्रतियोगिताको फाईनल चलिरहँदा हलको फल्स सिलिङ(जिप्सन)भन्दा माथि विजुलीको तार सर्ट भई आगलागी भएको थियो। आगलागी लगत्तै पोखरा रंगशालामा पुगेको बारुण यन्त्रले आगो नियन्त्रण गरेको थियो। बारुण यन्त्र आएपछि माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न केही कठिनाई भएको थियो। भ¥याङको अभावले केही बेर ढिला गरी आगो नियन्त्रण गरेपछि क्षति हुन पाएन।  

प्रतियोगिता चलिरहँदा विद्युत आपूर्ति थिएन्। विद्युत आपूर्ति नहुदाँ जेनेरेटरको प्रयोग गरिएको थियो। जेनेरेटर चलाएपनि हलभित्र विद्युत आपूर्ति भएको थिएन्। पछि हल भन्दा बाहिर सडकबाट रंगशाला पुगेको खेलाडीहरुले आगो लागेको देखेपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद कार्यालय प्रशासनलाई जानकारी गराईयो। हलभित्र प्रतियोगिताको दोस्रो हाफ चलिरहँदा खेल स्थगित गरिएको थियो। खेल स्थगित लगत्तै बाहिर बारुणयन्त्र आईपुगेको थियो। ‘विद्युतको लाईन मर्मत सम्भार नगर्दासम्म प्रतियोगिता आयोजना सकिदैन्।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका लेखा प्रमुख डिबी नेपालीले भने–‘समस्या के हो र कहाँनेरबाट समस्या आयो त्यसको निक्र्यौल गरेर मर्मत सम्भार गर्र्छाै।’ उनका अनुसार आगलागी लगत्तै राष्ट्रिय खेलकुद परिषदमा समेत जानकारी गराईएको छ।  

बहुउद्देश्यीय कभर्ड हल दर्शक क्षमताको हिसाबले नेपालकै ठूलो हो। दर्शक क्षमता २१५६ रहेको छ। झण्डै १६ करोड लागतमा निर्माण गरिएको हल दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समयमा जिप्सन हालिएको थियो। तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए। २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो। १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो।  

हक्की महिला तथा पुरुषमा आर्मी च्याम्पियन

पोखरा–नेपाल हक्की संघको आयोजनामा पोखरामा पहिलो पटक सिक्स ए साईड इण्डोर हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। आर्मीले महिला तथा पुरुष टोलीले सुदुर पश्चिमको टोलीलाई पराजित गर्दै च्याम्पियन बनेको हो।  

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आईतबार भएको फाईनलमा पुरुष तर्फ आर्मीले सुदुुर पश्चिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ सकिन दुई मिनेट अघि आर्मीले गोल गर्दै अग्रता लिएको थियो। खेलको १३ औं मिनेटमा राजैन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरुभएको दोस्रो मिनेटमै कभर्ड हलमा आगलागी भएपछि खेल रोकिएको थियो। बारुण यन्त्रले आगो नियन्त्रण गरेपछि फाईलन खेल पून खेलाईएको थियो। खेलको २१ औं मिनेटमा प्रदीप राजवंशीले अर्को गोल गर्दै आर्मीको जित पक्का बनाएका थिए।  

महिला तर्फको प्रतिस्पर्धामा आर्मीले सुदुर पश्चिमलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दैै च्याम्पियन बन्यो। निर्धारित समय गोलरहित टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा आर्मीका लागि सीतामाया बल, हिमाली थापा र अन्जना चन्दले आर्मीका लागि गोल गरे। सुदुर पश्चिमका सुनिता नेगी र लक्ष्मी बमको प्रहार गोलमा परिणत भएको थियो। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले मधेश प्रदेशलाई ५–०ले पराजित गर्यो। गण्डकीका लागि पाँचै गोल कमला पुनले गरिन्।  

थाईल्याण्डमा आयोजना हुने इण्डोर हक्की प्रतियोगिताको लागि पोखरामा छनोट प्रतियोगिता आयोजना गरिएको थियो। विजेता खेलाडीहरुलाई नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल शर्मा, उपाध्यक्ष हिमाल खड्का, कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी लगायतले ट्रफीसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

 

कभर्ड हलभित्र आयोजित सिक्स ए साईड पुरुष हक्की फाईनलमा प्रतिस्पर्धा गर्दै आर्मी(हरियो) तथा सुदुर पश्चिम(रातो)का खेलाडीहरु। 

प्रकाशित: २६ असार २०७९ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App