७ वैशाख २०८१ शुक्रबार
समाज

जेष्ठ नागरिक देश दर्शन सम्पन्न

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको सातौं जेष्ठ नागरिक देश दर्शन सम्पन्न भएको छ। आइतबार मोरङको हात्तीमुडाबाट सुरू भएको जेष्ठ नागरिक देश दर्शन बुधबार विराटनगरमा समापन गरिएको हो।  

मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको देश दर्शन समापन समारोहमा देश दर्शनमा सहभागि ३२ जना जेष्ठ नागरिकलाई सम्मान पनि गरिएको छ।  मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर पोखरेलले देशदर्शनमा सहभागि भएका जेष्ठ नागरिकहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। 

देशका विभिन्न जिल्ला पुगेर फर्किएका ज्येष्ठ नागरिकले सातौँ ज्येष्ठ नागरिक देश दर्शन उत्साहजनक रहेको बताएका छन्। तीन दिने ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी भएका जिवेन्द्रराज घिमिरेले सातौँ ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमले मनमोहनको योगदानलाई चिनाउनको लागि महत्वपूर्ण रहेकोबताए। 

तीन दिनसम्म चलेको देश दर्शन  मोरङको हात्तीमुडाबाट सुरू भएको जेष्ठ नागरिक देश दर्शन नवलपरासी, चितवन, धनुषा, महोत्तरी , सुनसरीको वराहक्षेत्र हुँदै विराटनगर आएर समापन भएको हो।  देशदर्शन कार्यक्रममा ज्येष्ठ नागरिकहरू  र व्यवस्थापन टोलीसहित  ४२ जनाको सहभागिता रहेको थियो।

प्रकाशित: २२ असार २०७९ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App