१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट दिने पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङ स्वास्थ्य परीक्षणको नक्कली प्रमाणपत्र विक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय बागलुङमा लाईसेन्स लिनका लागि आवश्यकपर्ने स्वास्थ्य परीक्षणको रिपोर्ट नक्कली डाक्टरले दिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

यातायात व्यवस्था कार्यालयमा निरोगिताको प्रमाणपत्र दिने जिम्मा पाएको शंकर पौलिक्लिनिकमा अवैध व्यक्तिले स्वास्थ्य परीक्षणको प्रमाणपत्र वितरण गरेको सूचनाको आधारमा छापा मार्दा धादिङवेसी नगरपालिका-५ का २७ वर्षका राम अर्याल र नवलपुरको कावासोती नगरपालिका-९ का गणेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।

पक्राउ गरेका अर्याल डाक्टर हुन् भने भण्डारी व्यवस्थापन संकाय अध्ययन गरेको सहयोगी व्यक्ति भएको बताईएको छ। अर्याल नभएको बेला भण्डारी धमाधम निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। 

पोलिक्लिनिकमा डाक्टरको दस्तखत, छाप भएको प्रमाणपत्र, रसिद, स्ट्याम्प प्याड समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। शंकर पोलिक्लिनिकले डाक्टर खाना खान गएको बेला अवस्थामा सहयोगीले कागजात मिलाउँदै गर्दा पक्राउ गरिएको दाबी गरेको छ।

प्रकाशित: २२ असार २०७९ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App