१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रममन्त्रीद्वारा कोरिया भाषा परीक्षा केन्द्र अनुगमन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्।

मन्त्री कुँवरले मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन्। मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा पनि जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ।

यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भएको थियो। एक पटक २ सय जनाले परीक्षा दिएका थिए। अहिले विद्यार्थीले युविटी मार्फत परीक्षा दिइरहेका छन्। परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेटीक तथ्यांक राख्ने काम गरिन्छ।

त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ। यो वर्ष ४४ हजार जना कृषि र पशुपालन तर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए।

प्रकाशित: २२ असार २०७९ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App