१६ चैत्र २०८० शुक्रबार
समाज

'सिसिटिभी फुटेज खाने अर्थपूर्ण मुसा' भन्दै अर्थमन्त्री शर्माविरूद्ध प्रदर्शन (फाेटेफिचर)

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ आबद्ध व्यक्तिले अनानगरका गरेकाे प्रदर्शन। तस्बिर: विजय/नागरिक

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै  राष्ट्रिय युवा संघ आबद्ध व्यक्तिले प्रदर्शन गरेका छन्।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएको भन्दै  शर्मालाई बर्खास्त गर्न माग गर्दै हनुमानस्थान अनामनगरमा उनीहरुले प्रदर्शन गरेका हुन्।

अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्र्फी आलोचना भएको छ। फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्। 

 सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो। त्यसको सर्वत्र विरोध भएको छ। 

प्रकाशित: २१ असार २०७९ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App