७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा बागमतीमा दुई भारतीय नागरिक बेपत्ता

रौतहटको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यको रुपमा रहेको नुनथरमा अवस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा दुई भारतीयय नागरिक बेपत्ता भएका छन्। एक जना भने निस्किन सफल भएका छन्।  

नुनथरमा घुमफिर गरेर खाजा खाई सम्भवतः मदिरा सेवन गरेर बागमती नदीमा नुहाउन गएका भारत बिहारको सीतामढी कोट बजारका मयंक अग्रवाल र गोलु कुमार बेपत्ता शनिवार दिउँसो बेपत्ता भएका हुन्। बेपत्ता दुई जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि सन्तुप्रसाद जैस्वारले जानकारी गराएका छन्।  

सँगै नुहाइरहेका अर्का एक जना भने बागमती नदीको भेलबाट बाहिर निस्कन सफल भएका छन्। बागमतीको बाढीको भेलबाट बाहिर निस्कन सफल भारतीयय नागरिक सुमन साहले पनि मदिरा सेवन गरेका छन्।  

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १८ असार २०७९ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App