१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुडिरहेको बसबाट खसेर मृत्यु

जिल्लाको गलकोटमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ।

काठमाडौँबाट रुकुमका लागि छटुेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट खसेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका-८ का २२ वर्षका चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।  

शुक्रबार बेलुका ५ः४० बजेको समयमा बागलुङको गलकोट नगरपालिका-११ रिघाफेदीमा मध्यपहाडी लोकमार्गमा बसबाट खसेर गम्भीर घाइते भएका बस्नेतको हटियास्थीत इमरजेन्सी पोलिकिलिनिकमा उपचार हुँदै गर्दा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त बसका चालक महोत्तरी बर्दिवास नगरपालिका-६ का ३२ वर्षीय लालबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App