ताप्लेजुङमा बोलेरो दुर्घटना भएको छ।
ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाम नगरपालिका १ साखेजुङस्थित मिलगोलाईमा सडकबाट खसेर दुर्घटना भएको हो।
दुर्घटना परी ८ जना घाइते भएका छन् भने उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
प्रकाशित: १७ असार २०७९ १५:१६ शुक्रबार