१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

५ रुपैयाँको चियालाई २५

भक्तपुर- इन्धन अभावले दैनिक उपभोग्य सामानको मात्र मूल्य बढेको छैन, बरु सामान्य चिया पसलको चियासम्म महँगिएको छ। न्यूनतम प्रतिकप पाच रुपैयाँसम्ममा पाइने फुटपाथ पसलले २५ रुपैयाँसम्म लिन थालेका छन्।

दूध नभएको कालो चिया प्रतिकप पाँच रुपैयाँ लिएका फुटपाथका सामान्य पसलले अहिले १० रुपैयाँ पुर्या एका छन्। अधिकांश पसलले प्रतिकप पाँच रुपैयाँ बढाएका छन्। दूध भएको चियाको मूल्य न्यूनतम १५ रुपैयाँ पुयाएका छन्।

'ग्यास नभएर चुलोमा दुःख गरेर पकाउनुपरेको भन्दै पसलले मूल्य बढाएका हुन्। एक कप चिया पकाउन पनि चुलो बाल्नुपर्छ,' भक्तपुर सूर्यविनायकका चिया पसले विनोद सिजख्व भन्छन्, 'त्यसैले मूल्य बढाएर भए पनि सेवा पुर्यापइरहेका छौं।'

ग्यास अभावमा यहाँका अधिकांश चिया पसलले पसलबाहिर चुलो बनाएर चिया पकाउने गरेका छन्। यसो हुँदा उनीहरुलाई पनि दुःख छ। त्यही कारण कति पसल बन्द छन् भने कति पसलले यसरी नै दुःख गरेर भए पनि ग्राहकलाई सेवा पुर्या इरहेका छन्।

महँगो लिए पनि पसलेको दुःखकै कारण उपभोक्ताले प्रतिकार गरेका छैनन्। एक कप चिया पकाउन चुलो बालेर दुःख गर्नुपर्ने प्रत्यक्ष देखेका ग्राहकले पहिलाभन्दा मूल्य बढाए पनि स्विकारेका छन्। दैनिक धेरै चिया खानुपर्ने बताउने भक्तपुर च्याम्हासिंहका रामहरि सैंजूले पहिलाभन्दा अहिले सबै पसलले मूल्य बढाए पनि गुनासो नगरेको सुनाए।

भक्तपुरको सूर्यविनायक, च्याम्हासिंह, कमलविनायक, सुकलुढोका, दूधपाटी लगायत मुख्यमुख्य चोक चियापसलले अहिले पनि भरिएका छन्। सूर्यविनायक जिल्लाकै केन्द्र, च्याम्हासिंहमा बस स्टप रहेको, कमलविनायक नगरकोट लागयका विभिन्न ठाउँको जक्सन, सुकुलढोका पुरानो बजार, दूधपाटी काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने मुख्य प्रवेशद्वार लगायत कारण यहाँका चियापलसलमा चिया पिउनको भीड दिनभरि लाग्छ। मालपोत कार्यालय रहेको कमलविनायक टाउन प्लानिङ एरियामा पनि चिया पिउनेको उत्तिकै भीड लाग्छ। सामान्य किसान परिवारका यहाँका धेरै स्थानीय सामान्य चियापसलमा चिया खान्छन्।

मूल्य बढेकाले चियामै दैनिक एकदुई सय रुपैयाँ खर्च हुने गरेको चिया पारखी रामभक्त सुवाल बताउँछन्। 'चिया पनि जाँडरक्सी जस्तै लत रहेछ,' उनी थप्छन्, 'खान पाएन कि चुरोट खान नपाएजस्तै तलतल लाग्छ, त्यही भएर चियामै अहिले दिनमा एकदुई सय खर्च लाग्छ।' दैनिक १० देखि १५ कप चिया खाने बानी परेको उनी सुनाउँछन्।

चुलोमै चिया पकाउनु परेपछि यहाँका सबै पसलले दिनभरि पसल खुलाए पनि सेवा भने दिने गरेका छैनन्। बिहान, दिउँसो र बेलुका गरी तीन समय उनीहरुले चिया पकाउने गरेका छन्। बढी ग्राहक हुने बेला मात्र उनीहरुले सेवा दिने गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७२ २१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App