१६ चैत्र २०८० शुक्रबार
समाज

महिलालाई आत्मरक्षा तालिम

मोरङ व्यापार संघ महिला उद्यम समितिले महिलाहरूलाई ३ दिने आत्मरक्षा तालिम सञ्चालन गरेको छ। प्रदेश खेलकुदविकास बोर्ड, प्रदेश नं. १ र  महिलाउद्यम समिति, मोरङ व्यापार संघको समन्वयमा मंगलबार देखि तालिम सुरू गरिएको हो।  

तालिमको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले संयुत्त रुपमा उद्घाटन गरे। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्तगर्न तालिम उपयोगी हुने बताए। आत्मरक्षा तालिमले महिला हिंसा र दुव्र्यवहारका घटना नियन्त्रणमा सहयोग पुग्ने रिजाले बताए।

महिला हिंसा र महिलाहरूलाई दुव्यवहार गर्नेहरू विरुद्ध कडा भन्दा कडा सजायदिने कानूनीव्यवस्था गर्न आबश्यक रहेको उनको भनाई छ। कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिना कार्की, मोरंग व्यापार संघको महिलाउद्यम समितिकी संयोजक बन्दना जैनसहित बोर्डका पदाधिकारीहरु, समितिका सचिव र सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। तालिममा प्रदेश नं. १ का विभिन्न स्थानबाट करिब ६० जना महिलाहरु सहभागि छन्।  

प्रकाशित: १४ असार २०७९ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App