१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अविरल वर्षाले पूर्वी तराई डुबानमा: उद्धार र राहतको व्यवस्था गर्न माग

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरो तथा  डुवनमा परेकाहरूको उद्धार गर्न र  तत्काल राहतको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन्। मंगलबारको प्रदेशसभा बैठको शून्य समयमा वोल्ने सांसदहरूले अविरल वर्षाले प्रभावित भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न  माग गरेका हुन्।  

प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद विमल कार्कीले अविरल वर्षाका कारण सप्तकोशीमा आएको बाढीले उदयपुर वेलकाका १,२,३,८ र ९ नम्बर वडाहरूमा तीव्र कटान गरिरहेको बताए। उनले सप्तकोसीले तीव्ररुपमा कटान गर्नेक्रम नरोकिए १० हजार बढी परिवार विस्थापित हुने भएकाले कोसीको कटान रोक्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘सप्तकोसीले कटान गर्नेक्रम नरोकिए वेलकाका १० हजार बढी परिवार विस्थापित हुने र ठूलो मात्रामा खेतियोग्य जमिनमा क्षति पुग्ने भएकाले सरकारको ध्यानाकर्षण होस्।’ 

सांसद राजकुमार ओझाले अविरल बर्षाका कारण प्रदेश १ का तराई क्षेत्रका जिल्लाहरू डुवानमा परेको धेरै परिवार विस्थापित भएको र खाद्यान्न, लत्ताकपडासमेत बाढीले बगाएर र डुवानमा परेर क्षति पुगेकाले तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गरे। उनले बाढीका कारण तराईका जिल्लाहरूमा तरकारी, धानलगायतका कृषि बालीमा क्षति पुगेको जानकारी दिए। 

उनले भने, ‘बाढीले डुवाएर धेरै परिवार विस्थापित भएका छन्। रोपेको धान बाली बगाएको छ। धानको वीउ बगाएर किसानलाई समस्यामा पारेको छ।’ ओझाले डुवानमा परेकाको उद्धार, विस्थापितहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। सांसद सुयर्माराज राईले मोरङको चिसाङ, डास र बक्राहा खोलाले कानेपोखरी र वेलवारीका तटीय क्षेत्र तिब्र रुपमा कटान गरिरहेको बताए। उनले नदिनको कटान रोक्न र डुवानमा परेकाहरूलाई उद्दार गर्न सरकारसँग माग गरे।  

यता प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डुवानमा परेका र बाढीको जोखिममा भएका परिवारहरूको उद्धारको काम सुरू भइसकेको जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रबक्ता ओमकारप्रसाद न्यौपानेले मन्त्रालयले  प्रदेशका सबै जिल्ला प्रशाशन कार्यालयहरूलाई उद्धार र राहतको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको बताए। मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयहरूले उद्धार र राहतको काम पनि सुरू गरिसकेको न्यौपानेले बताए।  

न्यौपानेले अविरल बर्षापछिको बाढीले विशेष गरी तराई क्षेत्रमा कटान र डुवानको समस्या देखिएको जानकारी दिए। उनले  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि  राहतका  सामाग्रीहरू सम्बन्धीत जिल्लाहरूमा पठाउन थालेको  जानकारी दिए। उनका अनुसार मंगलबार जिल्ला प्रसान कार्यालय मोरङले माग गरे अनुसार ५ सय थान त्रिपाल प्रदेश सरकारले पठाइसकेको छ। अन्य जिल्लाहरूले पनि माग गरेको खण्डमा राहत सामाग्रीहरू पठाउने न्यौपानेले बताए।

प्रकाशित: १४ असार २०७९ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App