coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

फाइल तस्बिर।

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहाेरको कारण बञ्चरेडाँडासम्म गाडी आउन-जानका लागि समस्या भएकाले आज र भोलि फोहाेर लाने काम रोकिएको हो। सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहाेरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ।

वर्षाको समय सुरु भएसँगै फोहाेर कुहिन थालेको छ। कुहिएको फोहाेर माथिबाट आवत-जावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहाेर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहाेर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहाेरका गाडी जान सकेका छैनन्।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहाेरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहाेर व्यवस्थापन हँदै आएको छ। हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहाेर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ।

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहाेर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो।

सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहाेर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन।

यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहाेरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ। विभागका अनुसार फोहाेर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ। 

प्रकाशित: १४ असार २०७९ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App