२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

रोपाइँ गर्न खेतमा गएका तीन किसानको चट्याङ लागेर मृत्यु

मंगलबार बिहान पानी परेपछि रोपाइँ गर्न खेतमा गएका तीन जना किसानको मृत्यु भएको छ।

कंचनपुर पुनर्वास नगरपालिका ६ का ४० वर्षीय देबेन्द्र श्रेष्ठ र वडा नम्बर ८ का २५ वर्षीया शारदा थापा बिहान ७ः३० बजे खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

यसैगरी कंचनपुर कृष्ण्पुर नगरपालिका ५ का ४८ वर्षीय पुन राम चौधरी कैलाली गोदावरी नगरपालिका ३ रेडियन्ट ग्यास कम्पनीको जमिनमा रोपाइँ गर्न आएका बेला मंगलबार बिहान चट्याङ लागेर मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १४ असार २०७९ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App