११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ!

ठेकेदार गायब भएपछि स्थानीयले रोपाइँ गर्दै।

पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक अन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन्। 

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयले आफ्नो खेतको रोपाई छोडेर हिलाम्मे सडकमा रोपाई गरेका हुन्। हिलाम्मे सडकको स्तरोन्नतीमा तीनै तहको सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय यूवा श्रीराम पौडेलले बताए।

‘ठेकेदारले सामान्य मर्मतका लागि गरेको अनुरोधलाई समेत बेवास्ता गरेको छ,‘स्थानीयबासीको एकल प्रयासले मात्रै मर्मत सम्भव छैन्,‘सडक स्तरउन्नती तत्काल हुने सम्भावना छैन’ पौडेलले भने। उक्त खण्डमा पानी जमेर बाह्रै महिना हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुने गरेको छ। 

तत्काल हिलाम्मे सडकमा ग्राभेल मात्रै हालेपनि समस्या समाधान हुने स्थानीयको भनाई छ। बेनी–दरबाङ सडकखण्डमध्ये सबैभन्दा हिलाम्मे उक्त क्षेत्रलाई मानिन्छ। उक्त स्थानमा ढल निकासीमा समेत स्थानीय पीडित छन्। सडकखण्डमा पोखरी बनेपछि सवारीसाधन आवतजावत गर्दा स्थानीयको घरभित्र पानी जमेर आहाल बन्ने गरेको छ।

जिल्लाका सरोकारवाला निकायको ध्यान जाओस् भनेर सडकमा धान रोपाई गरेको स्थानीय महिलाको भनाई छ। पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा-क्याराभान जेभी तिनमहिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ। विसं २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो।

प्रकाशित: १३ असार २०७९ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App