६ वैशाख २०८१ बिहीबार
समाज

आठ केजी गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।  

आइतबार साँझमा लागुऔषध गाँजासहित ३ जनालाई बलियाबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरु ३ जना धनकुटा साँगुरीगढी गाउँपालिका–८ का हुन्। ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयको र अस्थायी प्रहरी पोस्ट बलियाको संयुक्त टोलीले पक्राउ गरेको हो।  

उनीहरुले बोकेको जेब्रा झोला शंका लागेर चेक गर्दा ८ केजी गाँजा भेटिएपछि ३ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७९ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App