५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सीमा क्षेत्रका दुई नेपाली युवती भारतमा बलात्कृत

दाङका दुई युवती भारतमा बलात्कृत भएका छन्। नेपाल भारत सीमा क्षेत्र राजपुर गाउँपालिका ६ का दुई युवतीलाई भारतको जंगलमा भारतीय युवाहरुको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालका अनुसार राजपुर ६ का दुई युवती सहित केही व्यक्तिहरु नाका क्षेत्रमा पर्ने भारतको मनीपुरमा लागेको हाटबजार जाँदै थिए। उक्त स्थान सम्म पुग्नका लागि जंगलको बाटो भएर हिँड्नु पर्छ। भारतीय युवाहरुले दुई युवतीहरुलाई त्यही जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ। भारतको मनीपुर भन्ने स्थानमा प्रत्यक आईतबार हाट बजार लाग्ने गर्दछ। नाका क्षेत्रका नेपालीहरु सोही हाटबजारमा सामान किनमेलका लागि पुग्ने गर्दछन्।  

उनीहरु सहित ६ जनाको समूह रहेको र अन्य चारजना भने भाग्न सफल भएका थिए भने दुई युवतीलाई युवाहरुको समूहले बलात्कार गरेको थियो। नाका क्षेत्रका दुई युवती भारतीय जंगल क्षेत्रमा बलात्कृत भएको भन्ने सूचना पाएपछि दाङ प्रहरीले बलात्कारमा संलग्नहरुको खोजीका लागि भारतीय प्रहरीसंग समन्वय गरेको थियो।

दाङ प्रहरीको समन्वयका आधारमा भारतीय प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रिजालले जानकारी दिए। ‘नाका क्षेत्रका दुई नेपाली युवतीहरुलाई भारतीय जंगलमा भारतीय युवाहरुको समूहले बलात्कार गरेको भन्ने सूचना पाएपछि हामीहरुले भारतीय प्रहरीसंग समन्वय गरेका थियौँ,’ डिएसपी रिजालले भने ‘सो समन्वय पछि भारतीय प्रहरीले घटनामा संलग्न शंकास्पद ४ जनालाई नियन्त्रणमा लिईसकेको छ, उनिहरु माथि अनुसन्धान भैरहेको छ।’ 

प्रकाशित: १३ असार २०७९ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App