१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

चितवन अन्तर्गत पर्ने पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

आज दिउँसो २ बजेको समयमा चितवन ईच्छाकामना गाउँपालिका ४ पृथ्वी राजमार्ग स्थित नाग्दी खोलामा माथिबाट सुक्खा पहिरो झरी बाटो दुईतर्फी अवरोध भएको हो। सो ठाउँमा आज १२ बजेर १० मिनेट जाँदा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।  

सो पहिरो हटाएपछि सडक सुचारु भएको ५ मिनेटपछि पुन: पहिरो खसेको हो। अहिले पहिरो हटाउने काम भइरहेको छ। पहिरो गएको ठाउँ मुग्लिङ बाट ३ किलोमिटर उत्तरमा पर्दछ।

प्रकाशित: १२ असार २०७९ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App