जुम्ला- तिहारको लागि प्लाष्टिकका माला निर्यात भईरहेको बेला जुम्ला सदरमुकाम खलंगामा स्थानीय फूलका माला पनि भित्रिएका छन । स्थानीय किसानले आफ्नै खेतवारीमा लगाएका फूलका माला बजारमा ल्याएका हुन ।
स्थानीय फूललाई विस्थापित गर्दै प्लाष्टिकका माला आयतित गराई रहेको बेला स्थानीय फूलका मालाले प्रथामिकता पाएका हो । तलिउम गाविस ६ रोकायावाडाकी सपना धरालाले आफ्नै खेतवारीमा लगाइएको फूलले बजार पाएको बताईन ।
बाहिरवाट आएको मालाले शुभ संकेत नदिने भन्दै आफ्नै खेतवारीको माटोमा फुलेको चोखो फुलको प्रयोग गर्न किसानले आग्रह गरेका छन । उनले भनिन हाम्रा पुराना फूलहरु लोप हुदैछन त्यसको संरक्षण होस र व्यावसायीक रुपमा फूलखेति गर्न प्रेरणा मिलोस भन्नका लागि स्थानीय फूलको माला सदरमुकाम खलंगामा ल्याएर वेच्न थालेको हो ।
अघिल्लो वर्ष स्थानीय फूल कमै उत्पादन हुने भएकोले न्युनतम २० देखि २५ रुपैया सम्म प्रति माला विक्रि गर्ने गरेकोमा अहिले उत्पादन वढेकोले मुल्य घटेको बताईन । प्लाष्टिक मालाको विकल्पमा यो मालाको किनवेच शुरु गरिएको छ । एक हप्ता पहिले देखि फूल चुडेर ल्याउदा सुक्ने र ओइलाउने भएकोले तिहारको अघिल्लो दिनमा मात्रै फूल टिपेर ल्याएका हुन । सदरमुकाम खलंगामा विभिन्न स्थानमा स्थानीय फूलको व्यापार भईरहेको छ । यो वर्ष खलंगामा १५ हजार देखि एक लाख ५० हजार रुपैया सम्मको फूल किसानले बेचेका छन् ।
प्रकाशित: २६ कार्तिक २०७२ ०४:०५ बिहीबार





