१२ असार २०७९ आइतबार
समाज

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।  

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ। रासस

प्रकाशित: १० असार २०७९ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App