४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मबाट कुनै अनुचित कार्य भएको छैन: न्यायाधीश कोइराला

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच दुई करोड रुपैयाँको डिल भएको अडियो बाहिरिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्यममा आएको अडियो र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘मबारे आज आएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद् निष्पक्ष भूमिका निर्वाह गरेको छ,’ कोइरालाले लेखेका छन्,‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु।’

इच्छाराज तामाङ सर्वसाधारणको ८ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। उनलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित: ८ असार २०७९ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App