१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

युवक हत्याको गहन अनुसन्धान गर्दै सर्लाही प्रहरी

सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वामा भएको युवक हत्याको गहन अनुसन्धान सर्लाही प्रहरीले गरिरहेको छ। सोमबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएका कविलासी ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुर लोहारको हत्या कसले गरेको हो भन्ने विषयमा गहन अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।  

युवक लोहारको शव मंगलबार बिहान हत्या गरिएको अवस्थामा फेला परेको थियो। अगर्वा चोकभन्दा करिब दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा रगतले लतपतिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

अगर्वा चोकमा नै फर्निचरको पसल संचालन गरेर बसेका व्यावसायी ठाकुर राति घर फर्केका थिएनन्। घाँटी रेटेर ठाकुरको हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको थियो।

घटनाको विषयमा प्रहरीले सबै कोणबाट गहन अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी गराएका छन्।

प्रकाशित: ७ असार २०७९ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App