१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीको हरेक पालिकामा दमकल पुर्‍याइने

सर्लाही जिल्लाको हरेक पालिकामा दमकल पुर्‍याइने भएको छ। जिल्ला समन्वय समिति सर्लाहीको पहिलो बैठकले जिल्लाको हरेक पालिकामा दमकलको व्यवस्था गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ।

सर्लाहीको मलङवा र हरिवन नगरपालिकासँग दमकल रहेको छ। मलङवा नगरपालिकाको दमकल बिग्रिरहने हुनाले सबैभन्दा बढी हरिवन नगरपालिकाको दमकलले काम गर्नुपर्ने हुन्छ। 

एउटा दमकल दक्षिण र अर्को दमकल उत्तरमा रहेकाले आगो लागेको समयमा समयमै दमकल पुग्न समस्या हुने गरेको छ। कतैबाट दमकल पुग्न समय लाग्ने हुनाले हरेक पालिकामा दमकलको व्यवस्था गर्न जिससले पहल गर्ने भएको छ।

जिल्लाका सबै पालिकामा दमकल पुर्‍याउन जिसस सर्लाहीले पालिका, प्रदेश तथा संघ सरकारसँग समन्वय गर्ने जिसस सर्लाही प्रमुख कौशलकिशोर सिंहले जानकारी गराएका छन्।

जिससको सार्थक प्रयासले सबै पालिकामा दमकल पुग्ने तथादमकल सेवा पुगेपछि आगलागीबाट हुने जनधनको क्षति रोक्न सहज हुने प्रमुख सिंहको भनाइ छ।

प्रकाशित: ६ असार २०७९ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App