४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाइन छुटाउने क्रममा ताप्लेजुङ घर भइ गोरखामा कार्यरत ३२ वर्षीय रामकुमार लिम्बुलाई सोमबार दिउँसो करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए।

लिम्बु सात/आठ वर्ष अघिदेखि विद्यूत प्राधिकरण वितरण केन्द्र गोरखामा कार्यरत छन्। उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको प्रमुख न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईंदै छ।

प्रकाशित: ६ असार २०७९ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App