१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

खाँदबारीको सागममा पहिराेले घर पुरियो

फाइल तस्बिर।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराेले एक घर पुरिएको छ। लगातार वर्षासँगै गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराेले खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको हाे।

मानवीय क्षति भने नभएको वडाध्यक्ष अर्जुन तामाङले बताएका छन्। राईको परिवारले भागेर ज्यान जोगाएका छ। पहिराेबाट राईको परिवार विस्थापित भएको छ। राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ। पहिराेबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए।  

पहिराेले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ। पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ। पहिराेले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ।

त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ। पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए। क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।  

प्रकाशित: ६ असार २०७९ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App