नयाँ शैक्षिक सत्र सुरु भएको एक महिनासम्म पनि बैतडीमा पाठ्यपुस्तक पुग्न सकेका छैनन। जिल्लाका सामुदायिक विद्यालयका लागि ८३ हजा पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै पाठयपुस्तक जिल्लामा पुगेका छन्। सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। विद्यार्थीले पनि विनापुस्तक पढाइ गर्नु पर्ने बाध्यता रहेको छ।
विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठयपुस्तकको अभाव रहेको निमुन मावि आफलाका प्रअ नरबहादुर धामीले बताए। विद्यार्थी संख्याको आधामा पाठयपुस्तक पुग्न नसक्दा पठनपाठन प्रभावित भएको छ।
स्थानीय निर्वाचनका काण पाठयपुतक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठयपुतक पुग्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्दप्रसाद अवस्थीले जानकाी दिए। उनले भने, ‘कक्षा ७ ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी संख्याका आधामा सबै पुस्तक पुगेका छैनन्।’ जिल्लामा ५ सय ४० सामुदायिक विद्यालयहरू रहेका छन्।
प्रकाशित: ५ असार २०७९ ११:४८ आइतबार