४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुरमा भयो अन्तर्राष्ट्रिय गोष्ठी

दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयिक प्राविधिक विषयहरूमा शनिबार भक्तपुरमा अन्तर्राष्ट्रिय गोष्ठी भएको छ। नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको आईआईटी बम्बईको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको हो। गोष्ठीमा नेक, भारतको आईआईटी बम्बई र भुटानको विश्वविद्यालयका शोधकर्ता, शिक्षक र स्नातकोत्तर स्तरका विद्यार्थीहरू सहभागी थिए।  

अन्तर्राष्ट्रिय गोष्ठीका दुईवटा मूल विषयहरू थिए। निर्माण क्षेत्रमा सुरक्षा र मजदुर थकान व्यवस्थापन र सामग्री आपूर्ति साङ्ग्लो व्यवस्थापनमा केन्द्रित रहेर नेक तथा आईआईटी बम्बईका स्नातकोत्तर कार्यक्रममा विद्यार्थीले स्थलगत अनुसन्धानको क्रममा आफुहरूले देखेको भोगेको तथ्याङ्कहरू विष्लेशण गरी शोधको परिणाम प्रस्तुत गरेका थिए। आईआईटी बम्बईका शोधकर्ताहरू किशोर भगत र अभिशेकराज सिंहले शोध भ्रमणको नेतृत्व गरेका थिए।  

गोष्ठीमा पोखरा विश्वविद्यालयको प्रतिनिधिको रूपमा नेकको सञ्चालक समितिका सदस्य उपप्राध्यापक इन्जिनियर अर्जुन गौतम, आईआईटी बम्बईका प्राध्यापक वेङ्कट सन्तोष कुमार, रोयल युनिभर्सिटी अफ् भुटानका प्राध्यापक हेमलाल भट्टराई र नेकका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारेमा प्रकाश पारेका थिए।

शोध भ्रमणको क्रममा दुवै शैक्षिक संस्थाका विद्यार्थीहरूले दुई हप्तासम्म नेपालका ६ वटा ठूला निर्माणस्थलहरू भ्रमण गरी प्राविधिक तथा मजदुरहरूसँग अन्तरकृया पनि गरेको जनाइएको छ। निर्माण स्थलहरूमा अपनाउनुपर्ने सुरक्षाका न्यूनतम उपायहरू, थकित मजदुरहरूको उचित व्यवस्थापन, निर्माण सामग्री आपूर्तिकर्ता चयनमा अपनाउनुपर्ने वैज्ञानिक विधि जस्ता विषयहरूमा सामग्री प्रस्तुतकर्ताहरू र सहभागीहरूबीच प्राविधिक तथा कानूनी पक्षमा छलफल भएको थियो।

नेपाल, भारत र भुटानका विद्यार्थीहरूले दुई हप्तासँगै काम गर्दा आफुहरूले भोगेका गैरप्राविधिक विषयहरूमा आपसी अनुभवहरू र पाएको शिक्षा आदानप्रदान गोष्ठीमा गरेका थिए। समूहमा मलेर काम गर्ने सीप, भिन्न भाषा तथा संस्कृतिको कारण आउनसक्ने असमझदारी तथा वाधा जस्ता समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि गोष्ठीमा छलफल भएको थियो।  

गोष्ठीको उपजको रूपमा आएका सिफारिसहरू कार्यान्वयनमा लान सकिए दक्षिण एसिकाकै निर्माण व्यवस्थापनमा सुधार आउनसक्ने प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले धारणा राखे। नेकका सहायक प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले गोष्ठी आयोजनामा प्रमुख भूमिका निभाएका थिए। शोध भ्रमणको संयोजन आईआईटी बम्बईका पूर्व विद्यार्थी सलिलराज अर्यालले गरेका थिए।  

गोष्ठीको लागि युरोपको इरास्मस प्लस कार्यक्रम अन्तर्गत समस्यामा आधारित सिकाई (पिबिएल साउठ एसिया) आयोजनाबाट वित्तीय सहयोग प्राप्त भएको बताइएको छ।

प्रकाशित: ४ असार २०७९ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App