२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा ग्यास सिलिन्डर पड्किँदा वृद्धाको मृत्यु

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन्। शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ।  

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ४ असार २०७९ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App