२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु, दुईजना घाइते

चितवनमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) दिउँसो कालिका नगरपालिका ५ सिमाचोकमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका ९ का बलबहादुर तामाङको मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी दुई जना घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पदमपुरबाट भरतपुर तर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवा चोकबाट पदमपुर सामुदायिक वन तर्फ आउँदै गरेको प्रदेश २–०३–००७प ५६७५ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए। मोटरसाइकलको पछाडी सवार रहेका तामाङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते हुनेमा मोटरसाइकला सवार कालिका नगरपालिका ९ का ४० वर्षीय प्रदिपकुमार श्रेष्ठ, स्कुटरमा सवार कालिका ३का ६९ वर्षीया सुकबहादुर तामाङ रहेका छन्। उनीहरुको उपचार पुरानो मेडिकल कलेजमा भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App