१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘नेपाली सेना भरपर्दो शक्ति’

फाइल तस्बिर।

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चाल्र्स ए फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति भएको बताएका छन्।

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको आइतबार भ्रमणका क्रममा आयोजित अन्तरक्रियामा जनरल फ्लिनले नेपाली सेना विश्वकै पुराना सैनिक संगठनमध्ये एक र भरपर्दो शक्ति रहेको बताएका हुन्।

उनले कलेज परिसरमा वृक्षरोपणसमेत गरे। जनरल फ्लिनले आइतबारै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गरे। उनलाई केन्द्रपतिले वस्तुस्थितिलगायत विविध पक्षमा जानकारी गराएका थिए।

अवलोकन भ्रमणपछि आयोजना गरिएको अन्तरक्रियामा नेपाली सेनाका अधिकारी र फ्लिनसहितको भ्रमण दलका सदस्यबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यमा प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विविध विषयमा छलफल भयो।

नेपालको चारदिने औपचारिक भ्रमण सकेर जनरल फ्लिन आइतबार नै स्वदेश फर्केका छन्। नेपाली सेनाले मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीबाट भएको यस भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी सद्भाव बढाउन मद्दत पुगेको जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App