२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।

स्थानीय तहको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त शिविर आयोजना गरेको हो। बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए।

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको कार्यालय प्रमुख पन्तले बताए। यसअघि जिल्लाको सिगास गाउँपालिका र पुर्चाैडी नगरपालिकामा पनि पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७९ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App