५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले मध्यपहाडी लोकमार्ग बागलुङ गलकोट खण्ड अवरुद्ध, नरेठाँटीका बस्ती जोखिममा

पहिरोले अवरुद्ध लोकमार्ग। तस्बिर: नागरिक।

भिषण वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङ बजारदेखि गलकोट जाने लोकमार्ग बिहुँ घोडाबाँधे भ्यू टावरदेखि हटियातर्फको सडक पहिरोले ठाउँ ठाउँमा अवरुद्ध भएको गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। ‘मंगलबार बुधबार परेको पानीका कारण ठाउँ ठाउँमा पहिरो गएको छ,’ उनले भने,‘गयरातीदेखि नै सडक अवरुद्ध भएको छ।’ पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन दुईतर्फबाट मेसिन लगाईएको उनले जानकारी दिए।

‘यता हटियातर्फबाट र उता भ्यूटावरतर्फबाट गरी दुईतिरबाट मेसिन लगाईएको छ,’ प्रवक्ता भण्डारीले भने,‘आज दिनभरमा बाटो सफा भैसक्छ भन्ने लागेको छ। थप झरी परेर पहिरो नथपिए सडक सुचार हुन्छ।’ वर्षाका कारण गल्कोट नगरपालिका –२ को नरेठाँटी बजार उच्च जोखिममा परेको छ। स्थानीय नकटेखोलामा आएको बाढीका कारण नरेठाँटीका ३५ घर उच्च जोखिममा परेका छन्। खोलाको कटानले तटिय क्षेत्रका घरहरु जोखिममा परेको भण्डारीले बताए।

रातभर आएको बाढीको कारणले डुवानमा परेका दुई घरलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान पुरिएको छ। गलकोट नगरपालिका-२ का वडाध्यक्ष समेत रहेको भण्डारीका अनुसार महेन्द्र मध्यमिक विद्यालय पनि जोखिममा परेको छ। रातभर डोजर लगाएर भल तर्काएको कारणले नरेठाँटी डुवानबाट जोगिएको उनले बताए। थप तथ्याङ्क लिने कार्य जारी रहेको उनले बताए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App