२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

विमानस्थल निर्माण राेक्ने सर्वाेच्चको फैसलाविरुद्ध रिले अनसन

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोका गर्न सर्वाेच्च अदालतले गरेको फैसलाविरुद्ध निजगढमा सुरु गरिएको रिले अनसनमा न्यौपानेसहित बसेकाहरु।

जिल्लाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न भन्दै सर्वाेच्च अदालतले गरेको फैसलाविरुद्ध बुधबारदेखि निजगढमा रिले अनसन सुरु गरिएको छ।

सर्वाेच्च अदालतको फैसला देशकाे हित विपरित रहेको भन्दै विमानस्थल निर्माण कार्यको विरुद्धमा आएको फैसला सच्याउन माग समेत गरिएको छ। रिले अनशनको नेतृत्व गरि रहेका निजगढका माधव न्यौपानेले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्नको लागि सर्वाेच्च अदालत  विदेशी शक्तिहरुको स्वार्थमा लागेको आरोप लगाएका छन्।

विमानस्थलको निर्माण रोक्नु फैसलाले बारा जिल्लाको मात्र नभएर यसले देशलाई नै पछाडी धकेलिने योजना बनाएर लागिएको यसलाई बिफल पार्ने र विमानस्थलको निर्माण कार्य सुरु गराउन रिले अनशन सुरु गरेको न्यौपानेले बताए।

निजगढमा पूर्व–पश्चिम राजमार्गलाई नै अवरोध गरेर सर्वेच्चले गरेको फैसलाको विरुद्धमा समेत स्थानीयहरुले आन्दोलन गर्दै आएका थिए। दोस्रोअन्तर्राष्ट्रिय  विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयले विमानस्थल निर्माणमा टाँगिया बस्तीलाई नै स्थान्तरण गरिंदा हल्ला गरिए जस्तो जंगल फडानी नहुने अवस्था समेत रहेको जनाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय  विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयका निमित्त प्रमुख बिजय यादवले टाँगियाबस्ती स्थान्तरणमा केही समस्या देखिए पनि अन्य कामहरुमा राजयको ठूलो लगानी लागि सकेको बताएका छन्।

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थले ओग्टने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुआब्जा बितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा अन्तिम चरणमा पुगेको यादवको भनाई छ।

विमानस्थलले ओग्टने एक सय १० बिघा नम्बरी जग्गा मध्ये ७१ बिघा जतिको मुआब्जा वितरण गरिएको र बाँकी रहेको नम्बरीजग्गाको जग्गाा धनीहरुलाई मुअब्जा बितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यादवले बताएका छन्।

अहिलेसम्म मुआब्जा वितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा एक अर्ब ११ करोड भन्दा बढी खर्च समेत गरिएको प्रमुख यादवले बताए। विमानस्थलको लागि अधिग्रहण गरीएको लगभग ७१ विघा  जग्गाको १५० जना भन्दा बढी जग्गा धनीहरुलाई ४७ करोड जति मुआब्जा वितरण गरिएको बताएका छन्।

बाँकी रहेका नम्बरी जग्गा धनीहरुलाई पनि मुआब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाईएको यादवले बताए। दोस्रो अन्तर्राष्ट्रिय  विमानस्थलले ओग्टने ऐलानी तथा निजी जग्गालाई सुरक्षित राख्नको लागि गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ६४ करोड  जति खर्च गरिएको प्रमुख यादवले बताए।

विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गाा ओग्टेको र ६३ किलोमिटर क्षेत्रफल मध्ये अधिकांश  क्षेत्रफलमा तारबार गरिएको र बाँकी क्षेत्रफलको तारबार गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए।

निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० बिघा मात्रै व्यक्तिहरुको नम्बरी पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App