२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

८५ वर्षीया वृद्धाद्वारा आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ यापी भैरब बस्ने वर्ष ८५ की इन्द्रकुमारी श्रेष्ठले आत्महत्या गरेकी छन्।

सोमबार उनले आफ्नै जस्ताले छाएको १ तले घरको छानोको बाँसको बलोमा कपडाको डोरी घाँटीमा पासो लगाई झुण्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: २३ जेष्ठ २०७९ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App