११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पेस्तोलसहित एकजना पक्राउ

चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका ६ का ४० वर्षीय दिपक पुनमगर आज(सोमबार) रामपुर चौबीसकोठी सडखण्डकाे सिष्ट्री चोकमा कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।  

शंकाका आधारमा चेकजाँच गर्दा उनको साथमा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी ना ४५ ख २७१ नम्बरको २२० सिसीको मोटरसाइकलमा रामपुर तर्फबाट भरतपुर तिर आउँदै थिए। अहिले बाइकसहित उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हातहतियार तथा खरखजाना कसुरमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। 

प्रकाशित: २३ जेष्ठ २०७९ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App