१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पोखरीमा डुबेर ४७ वर्षीय पुरूषको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। छारे रोगबाट ग्रसित स्थानीय ४७  वर्षीय सत्य नारायण पासी ( भुलुवा ) आइतबार राति गाउँ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक जेशी शाहले राति मृत अवस्थामा पोखरीमा फेला परेका थिए। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल लगिने प्रहरी नायब उपरीक्षक शाहले बताए। मृतक पासीले रेक्सा चलाएर जीवन गुजारा गर्दै आएका थिए।

प्रकाशित: २३ जेष्ठ २०७९ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App