५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विश्व वातावरण दिवसमा साइकल र्‍याली

विराटनगरमा निकालिएको साईकल र्‍यालीमा सहभागीहरू। तस्बिरः नागरिक

विश्व वातावरण दिवसको अवसरमा विराटनगरमा साइकल र्‍याली निकालिएको छ।  

प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल र्‍याली निकालेको हो।  

विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको साइकल र्‍याली शनि मन्दिर, बिजुली अफिस, मुनालपथ, सोमबारेहाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियो। साइकल र्‍यालीको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका थिए। मुनालपथमा सरसफाई गरिएको थियो भने विराटनगर वडा नम्बर २ को सोमबारे हाटमा वृक्षारोपण गरिएको थियो।

साइकल र्‍यालीको समापनगर्दै मेयर कोइरालाले विराटनगरमा साइकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए। हाल सञ्चालनमा रहेका सडकमा साइकल लेन बनाउँदा साँघुरो हुने बताउँदै उनले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए। मेयर कोइरालाले सिंघिया र केसलीया खोलाको दुबै तर्फ टतबनध बाँधेर सडक निर्माण गर्ने तयारी भइरहेकाले उक्त सडकमा साईकल लेनको पनि व्यवस्था गर्ने महानगरपालिकाको योजना रहेको बताए।  

सन् २०५० सम्ममा खनिज इन्धनमुक्त भविष्य भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गरिएको थियो। कार्यक्रममा दिगो विकासका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठले साइकल लेन निर्माणलाई आगामी बजेटमा समेट्नुपर्नेमा जोड दिए। उनले साइकल प्रयोगलाई प्रोत्साहित गर्दा वातावरणमा सन्तुलन भई जलवायु परिवर्तनको असर कम हुँदै जाने दाबी गरे।

प्रकाशित: २२ जेष्ठ २०७९ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App