२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालिकाको मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो बाख्रा चराउन गएकी बालिका घर नफर्केपछि खोजी सुरु गरिएको थियो।  

शुक्रबार दिउँसो चार बजेतिर घरबाट बाख्रा चराउन गएकी पर्सा गाउँपालिका ६ का शम्भु राम महराकी करिब ७ वर्षकी छोरी पिंकी कुमारी महराको शव पोखरीमा भेटिएको थियाे। बाख्रा चराउन गएकी बालिकाकाे स्थानीय सन्तोष साहको पोखरीमा डुबेर मृत्यु भएको हो।

पोखरीको पानीबाट बालिकाको शव निकालेर आवश्यक कारबाहीसहित पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७९ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App