१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

मेलम्चीको पानी बन्द गरे पनि बैकल्पिक स्राेतबाट राजधानीमा पानी आउँछ: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी बितरण बन्द गरिएकाे बताएका छन्।  

खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए।

‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरे अनुसार केही दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ। अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाईभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ’, मन्त्री चौधरीले भने।

उनले मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि बिकल्पको रुपमा बागमति नदिबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ती गरिने बताए।  

वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनःपथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आमउपभोक्तामा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेका।

काठमाडौंको पानीको समस्यालाई दीगो रुपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोला लगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रमहरु क्रमश कार्यान्वयन गर्दै लाने मन्त्री चौधरीले बताए।  

आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्वर ढोकाबन्द गरेको थियो भने बुधबार १८ नम्वर ढोकाबन्द गरेको छ। मन्त्री चौधरीले गतवर्ष मेलम्ची नदीमाआएको बाढी परिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदि नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाई विभागलाई बजेट व्यवस्था गरे बमोजिम हाल तीब्र गतिमा काम भइरहेको जनाए।

प्रकाशित: १८ जेष्ठ २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App