२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मोरङमा एकै दिन ४ जनाको मृत्यु

मोरङमा एकै दिन मंगलबार ४ जना पुरुषको मृत्यु भएको छ। विराटनगरमा ३ जना र बेलबारीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट लडेर २ जनाको र २ जना मृत फेला परेका हुन्। बेलबारी नगरपालिका–८ का ७४ वर्षीय वृद्ध चन्द्रमान गुरुङको रुखबाट लडेर मृत्यु भएको छ। भाउन्नेको जंगलमा बाख्रालाई घाँस काट्न गएका उनी हल्लुडेको रुखबाट लडेर गम्भीर घाइते भएका थिए।

गुरुङको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंगलबार साँझ ६ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार घाँस काट्न चढेको रुखको हाँगा भाँच्चिएर घटना भएको हो।

यसैबीच, विराटनगर महानगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट १ जना वृद्ध पुरुषको मृत्यु भएको छ। को ३९ प ७८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट विराटनगर–१२ का ८५ वर्षीय मुसा यादवको मंगलबार साँझ साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुर्घटना लगत्तै फरार रहेका मोटरसाइकल चालकको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।  

त्यस्तै, विराटनगर–४ स्थित मोटर ग्यारेजमा काम गर्दै आएका ३५ वर्षीय सुमित दाहाल साँझ मृत फेला परे। धीरज ठकुरीको ग्यारेजमा काम गर्दै आएका दाहालको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। 

अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान थालिएको र हालसम्म मृत्युको कारण पत्ता लाग्न नसकेको डिएसपी श्रेष्ठले बताए।

विराटनगर–१२ आइतबारे नहर चोक नजिक मंगलबार उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१२ का २३ वर्षीय राजु भन्ने राधे साह भएको प्रहरीले जनाएको छ। उनी मोरङको कटहरी गाउँपालिका–३ मा दिदीको घरमा बसेर सिटी सफारी चलाउँदै आएका थिए।

राति साढे ८ बजे खेतमा उनी मृत फेला परेका थिए। मृत अवस्थामा भेटिएका साहको परिवार आएर कोसी अस्पतालमा पोष्टमार्टको प्रक्रिया अगाडि बढाइएको छ। घटनाको अुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App