२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित ४ को निधन

उदयपुरको सिद्धिचरण लोकमार्गमा सोमबार विहान ट्रक दुर्घटनामा पर्दा चालकसहित ४ जनाको निधन भएको छ।

पथलैयाबाट सिमेन्ट बोकेर सोलु हाईड्रोपावरका लागि सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नं. को ट्रक कटारी नगरपालिका १४ स्थित भदौरे भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै निधन भएको हो।  

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मृत्यु हुनेमा चालक बारा जिल्ला सिम्रा उप महानगरपालिका १ का ३३ वर्षीय सुदिप घलान, सहचालक सोही ठाउँका २५ वर्षीय निकेश खड्का, ट्रकमा सवार सोही ठेगानाका १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङ छन्। लोकमार्गको मिर्चया–कटारी खण्डमा पर्ने घुम्तीमा आफै अनियन्त्रित भएर सडकभन्दा झण्डै १ सय मिटर तल खसेको छ।  

दुर्घटनाको खवर आएलगत्तै खटेको प्रहरी निरीक्षक काठमाडौँकाे टोली घट्नास्थल पुगेर स्थानीय प्रहरी चौकी र गाउँलेहरुको सहयोगमा लास निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेकाले थप अनुसन्धान भईरहेको इप्रका प्रमुख डिएसपी मानबहादुर राईले बताएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App