२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सम्पर्कविहीन जहाजको खोजी कार्य भइरहेको छः तारा एअर

पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एअरको ९ एन एइटी कलसाइनको टुइनअटर सम्पर्कविहीन छ। तारा एअरले सम्पर्कविहीन आफ्नो जहाजको खोजी गर्नका लागि हेलिकप्टर पठाएको र मौसम खराबीका कारण फर्किएको जनाएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै तारा एअरले हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ। मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु हुने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्धार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको छ। क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एअर परिचारिका किस्मी थापा रहेका छन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App