६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत उनीहरुलाई गाउँपालिकाले साइकल उपलब्ध गराएको हो। मायादेवी गाउँपालिकाको सरकारी विद्यालयमा अध्ययरत दुई सय ५० छात्राहरुलाई साइकल बाड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष वालिउद्धिन मुसलमानले बताए।

सोही कार्यक्रम अन्तरगत कक्षा ८ मा अध्ययनतर वडा नम्बर ३ फुलिका स्थित मुनेश्वर माविमा अध्ययनरत २९ छात्राहरुलाई गाउँपालिका अध्यक्ष वालिउद्धिन मुसलमान, उपाध्यक्ष सरस्तवती यादव, वडाध्यक्ष शैलेन्द्र यादवले साइकल हस्तान्तरण गरेका थिए।

यस्तै गाउँपालिकाको वडा नम्बर २ भैसकुन्डास्थित नेरा माविका १८ छात्रा र सोही वडाको जनता आधारभुत विद्यालयमा अध्ययनरत ५ जनालाई साइकल बाडिएको हो। यसअघि निवर्तमान गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले सोही कार्यक्रम अन्तरगत गाउँपालिकामा ५० छात्राहरुलाई साइलक बाडेका थिए।

गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिन चौधरीले गाउपालिका भित्र कक्षा ८ मा अध्ययनरत दुई सय ५० छात्रा मध्ये सय बढीले साइलक पाइसकेको बताए। बाँकी ढेड सय साइलक समते क्रमस वितरण गरिने उनले बताए। मायादेवीमा छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरिएको अध्यक्ष मुसलमानले बताए।

साइकल वितरण गर्दै पालिका अध्यक्ष वालिउद्धिनले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र गुणस्तर सुधारमा मद्दत पुग्ने बताए। उपाध्यक्ष सरस्वती यादवले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभइ सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिइन्।

यादवले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने बताइन्। छोरीलाई शिक्षित र सबल बनाउनकै लागि साइकल वितरण गरिएको उनले बताइन्।

प्रकाशित: १४ जेष्ठ २०७९ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App