७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय दिनेशकुमार राजभर रहेको मोरङ प्रहरीले पक्राउ गरेको। दिनेशले ३५ वर्षीया श्रीमती गीतादेवी राजभरको जेष्ठ ६ गते हत्या गरी फरार भएको प्रहरीले जनाएको छ। हत्या भएपछि फरार भएका दिनेशलाई बुधबार पक्राउ गरिएको छ।  

जेष्ठ ६ गते राति ९ बजेतिर काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘घरयासी विवादलाई लिए दिनेशले श्रीमतीको हत्या गरी फरार भएको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ।’ हत्या गरेपछि फरार भएका दिनेशको खोजी कार्यलाई तीव्र बनाएको र बुधबार लुकिरहेको अवस्थामा विराटनगरदेखि पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दिनेशलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App