७ वैशाख २०८१ शुक्रबार
समाज

विद्युतको गाडीले ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यु

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा घटनास्थलमै एक बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–११ ढल्लापुर स्थित विद्युतको गाडीले ठक्कर दिँदा ११ वर्षीय लवकुश यादवको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको हो।

विद्युत प्राधिकरणको बा १ ञ १९०३ नम्बरको गाडीले ठक्कर दिएको बुझिएको छ। विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर शाहीले जानकारी दिए।

गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको उपरीक्षक शाहीले जनाए। बालकको शव अहिले घटनास्थलमै रहेको छ। वार्ता नभएसम्म शव नउठाउने मृतक पक्षले जनाएको छ। वार्ताको लागि मृतक पक्षसंग जिल्ला प्रहरी कार्यालय बर्दियामा छलफल भईरहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App