७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली राजमार्गमा बस दुर्घटना, चार जनाको मृत्यु

मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेबाट बुधबार बेलुका साढे आठ बजेतिर म१ख ६६० नम्वरको बस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

‘बस सडकबाट कर्णाली नदीमा खसेको छ, मृतक र घाइतेहरुको उद्धार गरिरहेका छौं,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ।’ उनले बसमा कति जना सवार थिए भन्ने बारेमा पनि नखुलेको बताए।

प्रकाशित: ११ जेष्ठ २०७९ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App