coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भरतपुरमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु, चितवनमा विद्युत सेवा अवरुद्ध

चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको  मुत्यु भएको छ। भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर मृत्यु भएको हो। शुक्रबार वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो। चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताए।  

यस्तै विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो। अहिले रुखहरु हटाएर सडक सञ्चालन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिए । अँध्यारो भएका कारण क्षतिको विवरण संकलन गर्न नसकिएको उनले बताए। हावाहुरीले नारायणगढको पुलचोकमा ट्रकलाई समेत पल्टाएको थियो। 

अहिले त्यस स्थानमा अवरुद्ध भएको सडक सुचारु गरिएको छ । यस्तै चितवनको सिनर्जी एफ.एफ.को टावरमा समेत क्षति पुगेको छ। यस्तै राप्तीमा घरका छानाहरु हावाहुरीले उडाएको बुझिएको छ।  शुक्रबार साँझ आएको ठुलो हावाहुरीका कारण विद्युतका पोलहरु ढल्ला चितवनमा विद्युत अवरुद्ध भएको छ। भरतपुर फिडरबाट सञ्चालन हुने सवै क्षेत्रमा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार ३० देखि ३५ वटा विद्युतका पोलहरु भाँचिएका छन्। शनिबार अपराह्नसम्म विद्युत अवरुद्ध हुने पौडेलले बताए।

प्रकाशित: ६ जेष्ठ २०७९ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App