१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा भारतीय नम्बर सवारीसाधनमा रोक

रौतहटमा एक दिनको लागि भारतीय नम्बर सवारी साधन संचालनमा रोक लगाइएको छ। 

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनामा स्थगित भएका मतदान केन्द्रहरुमा जेठ ४ गते पुनः मतदान हुन गइरहेकोले एक दिनको लागि रौतहटमा भारतीय नम्बर सवारी साधन संचालनमा जिल्ला प्रशासन कार्यालय रौतहटले रोक लगाएको हो।

जेठ ३ गते मंगलवार राति १२ बजेदेखि  जेठ ४ गते राति १२ बजेसम्म भारतीय नम्बरको सवारीसाधन संचालनमा रोक लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

यसैगरी रौतहटको सदरमुकाम गौरलाई पूर्व-पश्चिम राजमार्गसित जोड्ने चन्द्रपुर–गौर सडक खन्डसँग जोडिएका मतदान स्थल वरिपरि एक किलोमिटर र अन्य मतदान स्थलमा ५ किलोमिटर दायरामा सबारी साधन संचालनमा संचालनमा पनि रोक लगाइएको छ।

मतदानलाई भयरहित र निष्पक्ष वातावरणमा संचालन गर्न सबै किसिमको तयारी गरिएको प्रजिअ शाहीले बताएका छन्।रौतहटको गढीमाई, गरुडा, देवाही गोनाही, फतुवा विजयपुर, बौद्धिमाई नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका केही मतदान केन्द्रमा बुधवार पुनः मतदान हुँदैछ।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App