coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटकाे निर्वाचन: कतै मतपत्र च्यातिए, कतै बाकस नै बाेकेर फरार..

रौतहटको सुरक्षा व्यवस्था फितलो भएको कारण जिल्लाको अधिकांश मतदान केन्द्रमा झडप हुनुका साथै स्थिति तनावपूर्ण भएर कतै मतपेटिका लुटिएको छ। भने कतै मतपेटिका नै तोडफोड भएको छ। जिल्लाको यमुनामाइ गाउपालिकामा स्थानीयले मतपेटिका नै लुटेर लगेका छन् भने बौधिमाइ नगरपालिकामा मतपेटिका नै तोडफोड गरेको घटना सार्वजनिक भएको छ। 

यमुनामाइ गाउपालिकाको वडा नम्बर २ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउँसो साढे चार बजेको समयमा स्थानीयहरु लुटेर भागेका छन्। मतपेटिका लुटेर भागेपनि सुरक्षाकर्मीहरु जोगाउन सकेनन्।

यसैगरी सोही गाउँपालिका वडा नम्वर १ को मावी चिकना जेठरहियाको  'क' मतदान केन्द्रमा मतदान विहानैदेखि सुरु भएको थियो। दिउसो ४  बजेको समयमा बादविवाद सृजना भई झड्प हुन लागेपछि स्थानीयले मतपेटिकामा पानी खन्याएर मतपेटिका तोडफोड गर्न थालेपछि मतदान सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु घटनालाई रोक्न सकेनन्।

यसैगरी बौधीमाईको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा बाकस तोडफोड गरी आगो लगाएको छ। यसैगरी गढीमाई नगरपालिकाको वडा नम्वर ३ र ६ मा मतदान गराउने अवस्था नरहेको बताइएको छ। यस्तै माधवनारायणको खेसरहिया अहिले पूर्णरुपमा तनावग्रस्त बनेका छन्।

यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा रहेका हरिप्रसाद शर्माले वडा नम्वर १ मा मतपेटिकामा क्षति पुर्याएको र वडा नम्वर २ मा मतपेटिका लिएर भाग्दा गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताए। सुरक्षा व्यवस्था किन फितलो भएको प्रश्नको जवाफमा उनले त्यो काम हाम्रो होइन जिल्ला सुरक्षा निकायका पदाधिकारीहरुसंग सोधपुछ गर्नुस् भन्दै पन्छिए।

जिल्लाको अधिकांश स्थानहरुमा छिटफुट झड्प भएको कतिपय स्थानमा प्रहरीले वल प्रयोग गरेपनि अवस्था तनावपूर्ण नै रहयो, मतदान सुचारु भएन। समग्रमा सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीहरुले मतपेटिकालाई जोगाउन नसक्नुमा आयोग पूर्ण रुपमा असफल भएको आरोप कतिपय सुरक्षाको जानकारहरु बताउँछन्। 

प्रकाशित: ३० वैशाख २०७९ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App