१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा तीन ठाउँको मतदान स्थगित, एक ठाउँमा हवाई फायर

रौतहटको गढीमाई नगरपालिकामा दुई ठाउँमा मतदान स्थगित भएको छ। गढीमाई नगरापालिकाको वडा नम्बर ३ र ६ मा मतदान स्थगित भएको छ। गढीमाई ३ मा विवाद भएपछि झएको झडपमा दर्जनाैं घाइते भएका छन्। त्यहाँ सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसै गरी गढीमाई ६ मा पनि झडप भएको छ। झडपमा तिन जना घाइते भएका छन्। झडप भएका गढीमाई नगरपालिकाको दुवै ठाउँमा मतदान स्थगित भएको छ। विवादको विषय सल्टाउन र मतदान सुचारु गर्न पहल भइरहेको छ।  

यसैबिच रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर बैरगनिया बुथमा मतदानको क्रममा विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाइ फायर गरेको छ। स्थिति प्रहरीको नियन्त्रणमा आइसकेको दाबी गरिएको छ।

यसै गरी फतुवा विजयपुर ७ को फतुवा टोलमा मतदान स्थगित भएको छ। मतदानकै विषयलाई विवाद भएपछि मतदान रोकिएको हो। विवाद साम्य पारी मतदानलाई सुचारु गर्न डिएसपीसहितको टोली परिचालन गरिएको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App